के ओली सरकारले बढाउला त दशैँमा वृद्धभत्ता ?

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १६ : ५८
के ओली सरकारले बढाउला त दशैँमा वृद्धभत्ता ?

 ताप्लेजुङ  । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले आउँदो वडादशैं छेउ पारेर मन्त्री परिषद् बैठकले बृद्धभत्ता बृद्धिको निर्णय लिन सक्ने संकेत गर्नु भएको छ ।

प्रेश संगठन नेपाल ताप्लेजुङले शनिवार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सरकारबाट बृद्धभत्ता बृद्धिको निर्णय भईनसकेपनि सम्भावित निर्णयको रुपमा रहेको संकेत गर्नुभयो । आगामी पाँचभित्र बृद्धभत्ता रकम जनही ५ हजार नै पुर्याउने हो’बृद्धभत्ता बृद्धिको पूर्व घोषित अवस्थाबाट बर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी बिचलित नभएको दावी गर्दै नेता भट्टराईले भन्नुभयो । उहाँले बृद्धभत्ता बृद्धिको सुरुवात यहिबर्षको बडादशैं छेउबाट हुने संकेत गर्नुभयो । सरकारले बजेट मार्फत व्यवस्था गर्न नसकेपनि मन्त्री परिषद् बैठकले बिशेष व्यवस्था लागु गरेर कार्यान्वयन गर्न सक्ने उहाँको भनाई थियो ।

भट्टराईले ताप्लेजुङका केहि ठूला आयोजना रातो किताबमा समाबेश नभएको भन्ने भनाई सही नभएको बताउनुभयो । रातो किताबै मै हुँ,म आफैं भन्छु यहाँका ठूला तीन आयोजनामा फेरी एक थपिएर चार आयोजनाका लागि प्रशस्त्र मात्रामा बजेट र योजना पर्छ, यो निश्चित हो’भट्टराईले भन्नुभयो । उहाँले बर्तमान समयमा सरकारको प्रारुप नै पहिलेभन्दा अलग रहेकोले प्रदेश सरकार मार्फत सञ्चालनको अवस्थामा रहेका योजनालाई प्रदेश सरकार आफैंले संघीय सरकार मार्फत सञ्चालन हुन सिफारिस गरेकोले अब ति आयोजना सञ्चालनका लागि बजेट तथा कार्यक्रमको खाँचो केन्द्र सरकार आफैंले महशुष गर्ने उल्लेख गर्नुभयो ।

हिजोजस्तो बजेट प्रणाली नहुँदा केन्द्रले योजना काटेको होकी भन्ने आशंका स्वभाविक भएपनि तमोर करिडोर,उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजना र मदन भण्डारी राजमार्गको बजेट रातो किताव भन्दा माथि हुने आश्वासान दिलाउनुभयो । उहाँले यि तीन योजना जस्तै लिम्बूनी पुलदेखि सिनाम–याम्फुदिन हुदै कञ्चनजंघा आधार शिविर पुग्ने काबेली करिडोरको पनि परिकल्पना गरि यिनलाई पनि ताप्लेजुङका लागि महत्वको योजनामा बजेट पार्ने तयारी भईरहेको जनाउनुभयो ।

अबको २ बर्षभित्र बहान्देबाट दोभान सम्मको बाटो कालोपत्रे हुनेमा शंका नगर्न आग्रह गर्दै नेता भट्टराईले पाथीभरा जाने सडकका लागि सरकारी योजना भन्दा बेग्लै अरु योजनाको दृष्टीकोण पनि आफुले अघि सारेको बताउनुभयो ।
भारतको एक्जिभ बैंकसंग २५ करोड भन्दा माथिको रकम रहनेगरी सडक निमार्णका लागि प्रस्ताव गरिएको उहाँल जानकारी दिनुभयो । यसोहुँदा पनि सरकारी तहको योजना कायमै रहने उहाँको भनाई थियो । यसैबर्षबाट पाथीभरा क्षेत्रका जनताका लागि ८० देखि १०० बर्ष सम्मलाई पर्याप्ता मात्रामा पानी पुग्नेगरी ३० करोड सम्मको योजना अघि बढ्ने तयारीमा रहेको बताउनुभयो । उहाँले सुकेटार बिमानस्थलकोे स्तरबृद्धि र स्तरोन्नतीका दुबैकार्य यहिबर्षबाट सुरुगर्ने योजना पनि सुनाउनुभयो। ।

दोभान पारी चाँगे र ढुङ्गेसाँघुको बीच भागमा अर्को बिमानस्थलका राखिएको सोच तत्काल कार्यान्वयन नहुने त्यो प्राविधिक दृष्टीकोणले पनि अनुपयुक्त रहेको प्रतिबेदन आएकोले सुकेटारलाई बाह्रैकाल चल्न सक्नेगरीको बनाउन दुबैतर्फबाट जहाज बस्ने गरी स्तरोन्नती हुने जानकारी दिनुभयो । नेकपाका केन्द्रीय नेता समेत रहेका नेता भट्टराईले सरकार सञ्चालनको ६ महिनाको अवधि जारी रहँदा धेरै सार्वजनिक प्रश्न उठेका भएपनि यस्ता प्रश्नले आफुहरुलाई सचेत र सन्तुलित बनाउन प्रयास गरेको भन्दै सहज रुपमा लिनुभयो ।

यो सरकार कुनै दिनगन्ती नजिक नरहेकोले अबको ५ बर्षको अवस्थामा मुलुकलाई समृद्ध बनाउने योजना बनाईरहेको उहाँको भनाई थियो ।
नेता भट्टराईले सरकारले विकासका कार्यमा जनताले अपेक्षा गरिए अनुसार योजना छनौट गर्न नसकेको भन्ने भनाईको प्रतिबाद गर्दै ५ बर्षभित्र गर्ने दीर्घकालिन योजनाका साथ कार्य सञ्चालन गरिरहको बताउनुभयो ।

उहाँले सरकार सयमिटरको दौडमा नभई म्याराथनमा प्रतिश्पर्धा गरिरहेकोले आफुहरु निश्चित गन्तब्य थाह भईसकेकोले नचाहिँदो कोकोहोलोलाई अनावश्यक समेत भन्नु भएको छ । चुनावका क्रममा करिव डेढ खर्ब रकम खर्च भएकोले जनताले विकासका नाममा अपेक्षा गरिए अनुसार योजना बन्न नसकेको उहाँको भनाई थियो ।
सरकारले पछिल्लो अवधिमा बिगत दुईसय बर्ष बढी अवधि सम्म असन्तुलित रहेको परराष्ट्र सन्तुलित बनाएको,जनताको मर्म र भावनाको योजना बुन्दै गरेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस