यसरी सजिलै भगाउन सकिन्छ साङ्लो

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १६ : ४०
यसरी सजिलै भगाउन सकिन्छ साङ्लो

चितवन । साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् । खाना पकाएर राखेपछि खानामै साङ्लो पर्ने कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ ।गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ ।

यसलाई भगाउनका लागी बजारमा पाइने स्प्रे प्रयोग गरिन्छ तर यसले स्वास्थमा असर गर्छ । हाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।जस्तै खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन ।

त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुपर्छ ।ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् ।

यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।त्यस्तै एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।

प्रतिक्रिया दिनुहोस