दिल्लीमा पक्राउ परे दावा लामा

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १६ : १६
दिल्लीमा पक्राउ परे दावा लामा

काठमाडौं । प्रहरीको खोजी सुचीमा रहेका दावा लामा दिल्लीमा पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई दिल्ली विमानस्थलबाटै भारतीय प्रहरीले पक्राउ गरेको हो । दुबईबाट फर्कने क्रममा उनलाई इन्दिरा गान्धी विमानस्थल दिल्लीमा प्रहरीले करिब साढे १० बजेतिर पक्राउ गरेको हो ।

केही समय यता नपाल प्रहरीले निगरानी बढाएपछि उनी फरार थिए ।  यसअघि उनलाई काठमाडौंको गौरिघाटमा गोली प्रहार भएको थियो । स्रोतका अनुसार उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

गुण्डा नाइके भनेर चिनिने दावाको वास्तविक नाम जितेन्द्र तामाङ हो । महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा छन् । काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजीको सुचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस