एनएमबी बैँकले घटायो ब्याजदर, कुन खातामा कति?

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १० : ०१
एनएमबी बैँकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौ । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले आज (मंसिर २५ गते)बाट नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युनतम ४ दशमलव ६० प्रतिशतदेखि अधिकतम ६ दशमलव ६० प्रतिशत ब्यादर दिने जनाएको छ। 

बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

त्यसैगरी बैँकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। 

प्रतिक्रिया दिनुहोस