इथियोपियाका प्रधानमन्त्री चीन आउँदै

एजेन्सी

शनिबार, १६ भदौ २०७५, १२ : २८
इथियोपियाका प्रधानमन्त्री चीन आउँदै

बेइजिङ । इथियोपियाका प्रधानमन्त्री अबि अहमद अलि औपचारिक भ्रमणका लागि शनिबार चीन आउनुहुने भएको छ । प्रधानमन्त्री अलिले शनिबारदेखि सेप्टेम्बर ४ सम्म चीनको भ्रमणमा आउन लाग्नुभएको समाचारमा जनाइएको छ ।
सोही भ्रमणकै क्रममा चीनको राजधानी बेइजिङमा आयोजना हुने चीन—अफ्रिका सहयोग मञ्च, (एफओसिएसी) मा पनि प्रधानमन्त्री अलि सहभागी हुनुहुने पनि उक्त समाचारमा उल्लेख छ ।

पूर्वी अफ्रिकी देश इथियोपियाबाट चीनको औपचारिक भ्रमण गर्ने उहाँ नै पहिलो प्रधानमन्त्री हुनुहुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उहाँले गत अप्रिलमा प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । उहाँ त्यसअघि इथियोपियाको वर्तमान सत्तारुढ दलको नेताका रुपमा निर्वाचित हुनुभएको थियो ।

उहाँको यस भ्रमणपछि चीन र इथियोपियाको सम्बन्ध सुधार र सुदृढिकरणमा सहयोग पुग्ने अधिकारीहरुले जनाएका छन् ।

साथै उक्त चीन अफ्रिका मञ्चको सम्मेनलमा चीन र अफ्रिकाबीचको आर्थिक तथा विविध विषयमा छलफल हुने र अफ्रिकामा चिनियाँ लगानीको अवसर जुट्ने धारणा पनि जानकारहरुले राखेका छन् । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस