काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आइतबार बिहान बस्दै छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्न लागेको बैठक बिहान १२ बजेबाट सुरु हुने उनले जानकारी दिए।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने महासचिव केशवकुमार झाले जानकारी दिए। ‘बैठक बिहान ११ बजे नै बोलाइएको हो। तर सदस्यहरू नआइपुगेकाले एक घन्टाजति धकेलिएको छ,’ उनले भने।
आजको बैठक वरिष्ठ नेता राजेन्द्र महतोले भने बहिष्कार गर्ने भएका छन्। यसअघिको केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर उनले आपत्ति जनाइरहेका छन्। महन्थ ठाकुर पक्षले तराई–मधेशमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
अध्यक्ष महन्थ ठाकुरलाई आफूले निर्णय सच्याउन भनेको र नसच्याइसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने महतोले सेतोपाटीलाई बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत