काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालका लागि गुल्सन झाले पहिलो विकेट लिएका छन् । आइतबार बिहान दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा झाले अफगानिस्तानका वफीउल्लाह तराखिललाई आउट गराएका हुन्।
तीव्र गतिका बलर झाको बलमा उनलाई देव खनालले क्याच आउट गराएका थिए। नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ। अहिले अफगानिस्तान ३ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा २७ रन बनाएर खेलिरहेको छ।
सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले कर्नाटकलाई १२१ रनले हरायो