बिम्स्टेकबाट नेपालले के पायो ? सम्मेलनको १८ बुँदामा केके छन् ?

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १० : १७
बिम्स्टेकबाट नेपालले के पायो ? सम्मेलनको १८ बुँदामा केके छन् ?


काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदा घोषणापत्र जारी गरेको छ ।
सम्मेलनबाट यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता भएको छ । बिम्स्टेक शिखर सम्मेलनले यस क्षेत्रको गरिबी र पछौटेपन अन्त्य गर्ने संकल्प गरेको छ ।
बिम्स्टेक काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । २०३० सम्ममा गरिबी उन्मुलन गर्ने घोषणापत्रमा छ । 
यातायात र सम्पर्क विस्तारसम्बन्धी गुरुयोजनालाई शीघ्र अनुमोदन गर्दै बिम्स्टेक यातायात सम्पर्क विस्तार कार्यदललाई त्यसको कार्यान्वयनका रुपरेखा निर्धारण गर्ने पनि घोषणापत्रमा छ । 
सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्रा्ष्ट्रिय अपराध, अपराध तथा विपद् व्यवस्थपन, जलवायु परिवर्तन, ऊर्जा, प्रविधि, कृषि, मत्स्यपालन र जनस्वास्थ्यका महत्वपूर्ण विषयमा सम्मेलनले निर्णय गरेको छ ।
‘शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख बङ्गालको खाडी क्षेत्र’ नाराका साथ भएको सम्मेलनले सदस्य देशका तटीय क्षेत्रमा पानीजहाज तथा मोटर गाडी सञ्चालनसम्बन्धी सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
१८ बुँदे घोषणा 
१) १९९७ बैंकक घोषणापत्रमा लिपिबद्ध सिद्धान्तहरु स्मरण गर्छौं र बिमस्टेकभित्रको सहकार्य सार्वभौम समानता, क्षेत्रगत अखण्डता, राजनैतिक स्वतन्त्रता, आन्तरिक मामलामा अहस्तक्षेप, शान्तिपूर्ण सह–अस्तित्व तथा आपसी फाइदामा आधारित हुने कुरा पुनःजोड दिन्छौं ।
२) १९९७ बैंकक घोषणामा सम्मिलित विमस्टेकको लक्ष्य तथा उद्देश्यहरु प्राप्तिको लागि हाम्रो प्रयासहरु घनिभूत गराउन सहमत हुन्छौं । साथमा बङ्गालको खाडीको शान्तिपूर्ण, सम्वृद्ध तथा दिगोपनको लागि बिमस्टेकलाई बलियो, बढी प्रभावकारी र परिणाममुखी संगठन बनाउन सामूहिक रुपमा काम गर्ने बाचा दोहा¥याउछौं ।
३) बिमस्टेक दक्षिण एशिया र दक्षिणपूर्वी एशियाबीचको पुल रहेको विशिष्ट अवस्थितिलाई बढावा दिने र त्यसलाई कार्यान्वयन गर्ने प्रण गर्छौं ।
४) बिमस्टेक राष्ट्रहरुसमेत विश्वको जुनसुकै कुनामा भएको आतकंवादी हमलाको भत्र्सना गर्छौं । आतकंवाद विरोधी लडाईमा आतकंवादी,संगठन तथा सञ्जाललाई मात्र होइन तिनलाई प्रोत्साहित गर्ने, समर्थन गर्ने, लगानी गर्ने र तिनलाई शरण दिने राष्ट्र वा गैरराष्ट्रिय तत्वको पनि पहिचान गर्ने उत्तरदायी बनाउने कुरा दृढतापूर्वक व्यक्त गछौंं । आतंकवादसँग लड्न कडा प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौं ।
५)संयुक्त राष्ट्र संघको चार्टरको सिद्दान्त तथा उद्देश्यमा निःशन्देह आफ्नो विश्वास व्यक्त गर्दै बहुपक्षिय प्रणालीलाई बलियो बनाउन प्रयास गर्नेछौं ।
६) बिमस्टेकको सचिवालयलाई संगठनको प्रारम्भीक चार्टर तयार गर्न कार्यभार दिने निर्णय गरेका छौं ।
७) बिमस्टेक स्थायी कार्यसम्पादन कमिटि स्थापना गर्ने निर्णय गर्छौं । यसले सचिवालयको प्रशासनिक तथा वित्तिय मामिला सम्हाल्नेछ ।
८) बिमस्टेक विकास कोष स्थापना गर्ने सम्भावना अन्वेषण गर्न हाम्रा सम्बन्धित सरकारको उपयुक्त मन्त्रालय वा राष्ट्रिय एजेन्सीहरु परिचालन गर्नेछौं । यसलाई बिमस्टेकभित्र अनुसन्धान तथा योजना, सदस्य राष्ट्रहरुले सहमत जनाएको परियोजना, कार्यक्रम तथा अन्य गतिविधिहरुमा लगानी गर्न उपभोग गरिनेछ । 
९) बिमस्टेक सचिवायलको संरचनागत क्षमता वृद्धि गर्न सहमति जनाउँछौ ।
१०) अन्तराष्र्टि«य मञ्चमा बिमस्टेकको उपस्थितिको प्रचार–प्रसारको महत्व स्विकार्छौं ।
११) सहकार्यको मूल क्षेत्रहरुको प्रगति तीब्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं । साथै वर्तमान बिमस्टेकको सहकार्य क्षेत्रहरुको पुनः मुल्याकंन, पुनः संरचना तथा औचित्य स्थापित गर्नको लागि जोड दिन्छौं ।
१२) आन्तरिक अनुमोदन प्रक्रियामा अड्किरहेका कानुनी कागजात तथा अन्य साधनहरुलाई प्राथमिकता अनुरुप निश्कर्षमा पु¥याउने तथा प्रमाणिकरण गर्नेछौं ।
१३) सम्बन्धित क्षेत्रहरुमा भएको प्रगतिका लागि तिनलाई नेतृत्व गर्ने राष्ट्रहरुको भूमिकालाई सरहाना गर्दछौं र थप प्रगति गर्नको लागि उनीहरुलाई आफ्नो प्रयास बढाउन प्रोत्साहित गर्दछौं । 
१४) पूर्व–महासचिव सुमिथ नकान्डालाले आफ्नो कार्यकालमा बिमस्टेकको कामकारबाहीहरु अघि बढाउन पु¥याएको बहुमुल्य योगदानको लागि आभार व्यक्त गर्दछौं । साथै बङ्लादेशबाट बिमस्टेकको लागि नयाँ महासचिव नियुक्त भएका एम.शहिदुल इस्लामलाई स्वागत गर्दछौं ।
१५) सन् २०१४ मार्चदेखि बिमस्टेकको नेतृत्व गरिरहेको नेपालप्रति मनैदेखि आभार व्यक्त गर्दै श्रीलङ्कालाई बिमस्टेकको नयाँ अध्यक्षको रुपमा स्वागत गर्दछौं । 
१६) क्षेत्रीय सहकार्यको प्रक्रियालाई घनिभूत बनाउन बिमस्टेक सम्मेलन र अन्य बैठकहरु समयमै आयोजना गर्ने प्रतिबद्धता पुन दोहा¥याउँछौ ।
१७) क्षेत्रगत मुल्याकंनमा हाम्रो अडानको निर्दे्शिका, प्रतिबद्धता तथा बयानहरु बनाउन सहमत हुन्छौं । यो कुरा यस घोषणापत्रको पूरकमा राखेका छौं ।
१८) न्यायो आतिथ्यताको तथा सम्मेलनको उत्कृष्ट प्रबन्धको लागि नेपाल सरकारप्रति इमान्दारीपूर्ण आभार व्यक्त गर्छौं ।
 

प्रतिक्रिया दिनुहोस