गृहमन्त्री बादल विरुद्ध सर्वोच्चमा रिट

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १९ : ४०

काठमाडौँ । थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई आज विष्टले दायर गर्नुभएको रिट निवेदनमा थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको उल्लेख छ । गृहमन्त्री रामबहादुर थापा र उनका विषेश सल्लाहकार सूर्य सुवेदी विरूद्ध सर्वोच्चमा रिटदायर गरेका हुन् ।

विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस