धनकुटाका विभिन्न स्थानमा लगाइएको गाँजा फाडानी

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १९ : ०८
धनकुटाका विभिन्न स्थानमा लगाइएको गाँजा फाडानी

फाइल फोटो

धनकुटा । धनकुटा जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा खेती गरिएको गाँजा प्रहरीले फाडानी गरेको  छ । प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका ४ र ७ मा लगाइएको गाँजा फडानी गरेको हो ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बल हेडक्वाटर नम्बर ६ गुल्मबाट खटिएको प्रहरी टोलीले सहिदभूमिको साप्तीङटार र तित्रेमा चार हजार बोट गाजाको फडानी गरि नष्ट गरेको हो । सहिदभूमिको फलामेटार र तित्रेमा व्यावसायिक गाँजा खेती हुने गरेको सुचनाको आधारमा फडानी गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताउनुभयो ।
पहरी उपरीक्षक गुरुङले अरु पनि ठाउँको गाँजा सबै फडानी गरिने बताउनुभयो । गाँजाको फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट चरेस जस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी राख्ने प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस