जनताको अधिकार स्थापित गर्न लडिरहन्छु : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १९ : ०२
जनताको अधिकार स्थापित गर्न लडिरहन्छु : प्रचण्ड

file photo

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अधिकार स्थापीत गर्नका लागी आफु लडिरहने बताउनुभएको छ । 
नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको भीमरथारोहणका अबसरमा शुक्रबार काठमाडौमा पद्मरत्न नागरिक अभिनन्दन मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा दाहालले  अहिले पनि जनताले चाहेजस्तो अधिकारस्थापीत हुन नसकेको भन्दै यसका लागी आफु लडिरहने बताउनुभएको हो । 
उहाले बिभिन्न जातजाती , भाषा , संस्कृतिको आन्दोलनलाई आफुले निरन्तर अघि बढाउने बताउनुभयो । संबिधान निर्माण ह“ुदा आफुले केहि बिषयमा सुझाव दिएको भन्दै उहाले अब ती सुझावलाई थप गर्ने बेला आएको जिकिर गर्नुभयो ।
 उहाले अहिले पार्टी एकता गरेर स्थायी सरकार निर्माण गरेको भन्दै समृद्धिको बाटो हु“दै समाजवादलाई स्थापीत गरिने उल्लेख गर्नुभयो ।
 जनताको अपेक्षा अनुसार समृद्धिको बाटोतर्फ अघि बढ्ने क्रममा आफुहरु अघि बढेको भन्दै दाहालले यसमा सबैको सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो ।
 कार्यक्रममा अन्य सहभागीहरुले नेपाल संवत् आन्दोलन, आदिवासी जनजाति आन्दोलन र नेवाः आन्दोलनमा तुलाधरका योगदानबारे चर्चा गर्दे उहाको साहित्यिक व्यक्तित्वबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस