काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रुकुम पश्चिम सोती गाउँमा सङ्गठित र योजनाबद्ध रूपमा भएको नवराज विकसहित ६ युवाको हत्याका सन्दर्भमा अदालतले गरेको फैसला ऐतिहासिक भएको बताएका छन्।
यो फैसलाले जातीय विभेद र छुवाछुतको आडमा हुने अपराधका विरुद्धमा न्याय प्रणाली सशक्त रूपमा उभिएको उनको भनाइ छ।
नियम कानुन मात्र होइन नियत र व्यवहारमा पनि उत्तिकै बदलाव आवश्यक भएको उनले बताएका छन्।
उनले भनेका छन्, ‘सबैले आ-आफ्नो ठाउँबाट सत्प्रयास गरौँ-अरू नवराजहरूले सम्मानित जीवनसँगै न्याय पाउन सकुन्। यो नै समुन्नत नेपालको महत्त्वपूर्ण आधार हुनेछ।’
सो घटनामा मङ्गलवार न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी कर्मचारीलाई ३ सेवामा वर्गीकरण गर्न कांग्रेस महामन्त्री थापाको प्रस्ताव
नेपालमै युवालाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ : गगन थापा
बीआरआईबारे कांग्रेस र एमालेको धारणा फरक छैन : गगन थापा
कार्बन व्यापार र जलवायु वित्तमा सुखद् शुरूआत : गगन थापा
ओलीलाई भेटेलगत्तै देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कारबाही गर्नुपर्छ : गगन थापा