चितवनलाई मेडिकल सेन्टर बनाउन सम्भव

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १८ : ०५
चितवनलाई मेडिकल सेन्टर बनाउन सम्भव


भरतपुर । उप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चितवनलाई मेडिकल सेन्टर बनाउन सबै कुराबाट सम्भव रहेको बताएका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरंग भवनको उद्घाटन गर्दै चितवन मेडिकल सेन्टर बन्न धेरै कुराबाट सम्भावना भएको बताए । उनले क्यान्सर अस्पताललाई अन्य देशका नागरिक पनि नेपालमा उपचार गराउन आउने वातावरणको रुपमा विकास गर्नुपर्ने बताए । 
कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने बताउँदै सरकारले यसमा लगानी गर्नुपर्ने बताए । मन्त्री यादवले राजनीतिको फोहरी खेल र भष्ट्रचार अन्त्य भए देशको मुहार फेर्न समय नलाग्ने बताए । ‘स्वास्थ्य क्षेत्रमा भएको ४ प्रतिशत लगानीले पुग्दैन’ उनले भने, ‘नागरिक स्वास्थ्य र शिक्षित भए भने देश आफैँ बन्छ ।’

मुहार फर्दै क्यान्सर 
बीपी कोइराला क्यान्सर अस्पताललाई अत्याधुनिक बनाइँदै लगिएको छ । अस्पतालमा अन्तरंग भवन बनेसँगै क्यान्सर अस्पतालको मुहारमा केही चमक आएको छ । अन्तरंग नयाँ भवनको निर्माणसँगै अब क्यान्सर ४५० शैयाको हुने भएको छ । नयाँ अन्तरंग भवनमा २५० शैया थपिनेछ । 
नवनिर्मित भवनमा जनरल वार्डसँगै आकस्मिक कक्ष, शल्यक्रिया, बिरामी राख्ने कक्ष, बैठक कक्ष, उच्चस्तरको क्याबिन राखिनेछ । 

 

प्रतिक्रिया दिनुहोस