काठमाडौँ । एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार रजिष्टर्ड कार्यालय, काठमाडांंैमा सम्पन्न भएको सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गरेको छ । साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत ग¥यो ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने करसहित एक करोड सड्चालिस लाख छत्तिस हजार आठ सय बयालिस रुपैया एघार पैसा नगद लाभाँश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
छिटो तथा ग्राहाकमुखि सेवा दिँदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले आगामी दिनहरुमा थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निष्काशन तथा विक्रीप्रबन्धसँगै एन आई सी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एक लाख तीस हजार भन्दा अधिक डीम्याट (डीपी) सेवा ग्राही तथा ५ वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । साथै एन आई सी एशिया क्यापिटल लिमिटेड हालै मात्र लगानी परामर्श सेवा समेत ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०७५, १७ : ४३
लेखकबाट थप