काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा मंगलवार कतारका लागि नेपाली राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन् ।
जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरू भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए ।साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिए ।
‘इजरायल र हमासबीच पुनः युद्ध शुरू भएको छ । परिस्थिति जटिल छ । यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहका छौँ ।’
मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने तयारीमा छन् ।
मन्त्रालयमा मंगलवार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद
छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद
जयशंकर र साउदद्वारा संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन
भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता
सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको प्रदेश हो : एनपी साउद
परराष्ट्रमन्त्री साउदले विपिनका आमाबुवासँग भने – छोराको रिहाइका लागि प्रयासरत छौं