‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ

शुक्रबार, १५ भदौ २०७५, १३ : ४१
‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ

धनुषा । प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गर्नुभएको हो ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नुहुँदै सामाजिक रुपान्तरणका लागि यसखालका अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक बिदा
प्रदेश सरकारले कृष्णाष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीका अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । -रासस

प्रतिक्रिया दिनुहोस