काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । ‘जनतालाई डेलिभरि गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए । त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताए ।
संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसारनै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो । साथै भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःखमा साथ दिनुपर्ने नेता सिंहले बताए । ‘जनताको सुख दुःखमा साथ दिन सक्नुनै आजको दिनमा सर्वोच्च नेताप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
समस्याग्रस्त आयोजनामा समाधान खोज्नुस् : मन्त्री सिंह
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह