काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्तरुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ ।
गोष्ठीमा साइबर अपराधको विद्यमान अवस्था, अनुसन्धानका चुनौती तथा बागमती प्रदेशमा अपराधको प्रवृति र अपराधमा प्रविधिको प्रयोगलगायत विषयमा अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायबीच छलफल हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रविधिका कारण अपराधको प्रवृत्ति फरक बन्दै गएकाले उक्त चुनौतीलाई सामना गर्नसक्ने अनुसन्धानबारे वृहत छलफल हुने बताए ।
उनका अनुसार अपराध अनुसन्धानमा कानुनी अड्चनका विषयमासमेत प्रस्तुति एवं गहन छलफल हुने छ । मन्त्रालयका सचिव ध्रुव गैँडाले नेपाल प्रहरी नागरिकमैत्री भएका कारण प्रहरीप्रति जनताको विश्वास बढेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही वर्षदेखि अपराधको प्रवृत्ति फेरिएको उल्लेख गर्दै अपराध अनुसन्धान र सुरक्षाबीचको सम्बन्धमा दरार उत्पन्न गराउन नहुने बताए ।
उनले भने, “कतिपय साइबरसम्बन्धी अपराध अनुसन्धान गर्न अन्तरदेशीय निकायको समेत सहयोगको आवश्यकता परेको छ, यसका लागि विभाग चनाखो छ ।” प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका विषयमा भएका अप्ठ्यारालाई गोष्ठीमार्फत निराकरणको बाटो खुल्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा