काठमाडौं। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ। समितिको आज बसेको केन्द्रीय समिति बैठकले अर्को सूचना प्रकाशित नभएसम्मको लागि कार्यक्रम स्थगित गरेको हो ।
अभियानले यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ ।
अभियानले शनिबार काठमाडौंको सिफलमा कार्यक्रम गरेको थियो । शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने भनिए पनि प्रशासनले नदिएपछि धरपकड मात्रै भएको थियो । अभियानले बिहीबार बल्खुमा कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए दुर्गा प्रसाईँ
दुर्गा प्रसाईं किन भए फरार ?
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी
दुर्गा प्रसाईँलाई दिइयो राजावादी आन्दोलनको कमाण्डरको जिम्मेवारी