काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको समाचार आजको कारोबारमा छापिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।
केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावली प्रति नेता माधव कुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्चर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ भदौ २०७५, ०९ : ३९
लेखकबाट थप