कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । २६ असारमा घरबाट किताब किन्न भनेर हिँडेकी कृष्णपुर नगरपालिका– ८ की १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको १५ दिनपछि नै १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।,
यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई ३० वर्षीय युवक नरेश रानाले जबर्जस्ती बलात्कार गरे ।
भैँसी चराउन गएकी ती महिलालाई रानाले कोही नभएको मौका छोपी उखुबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए ।
त्यसक्रममा महिला कराएपछि स्थानीयले घटनास्थलमै पुगेर रानालाई समाती प्रहरीलाई बुझाएका थिए । प्रहरीले रानाविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।
पुनर्वासमा उक्त घटना सेलाउन नपाउँदै ४ साउनमै ९ वर्षीया बालिका बलात्कृत भइन् । पुनर्वास–३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको वेला बालिका बलात्कार गरेका थिए ।
अन्सारीविरुद्ध पनि कञ्चनपुर प्रहरीले जबर्जस्ती करणीमा मुद्दा चलाएको छ ।,यो खबर आजकोनयाँ पत्रिकामा छ ।
१० साउनमा शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया महिलालाई ३२ वर्षीय बिन्तीराम चौधरीले बलात्कार गरे । घरमै सुतिरहेकै अवस्थामा महिलालाई बलात्कार गरी चौधरी भागेका थिए । प्रहरीमा महिलाले दिएको उजुरीका आधारमा चौधरी पक्राउ परेपछि अहिले जबर्जस्ती करणीमा मुद्दा चलाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ भदौ २०७५, ०९ : ०४
लेखकबाट थप