चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।
नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेलानारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन् ।
बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
विक्रमबाबा मेला भोलिदेखि सुरु हुने
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई पानीका लागि बोरिङ
नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज