काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा प्रस्थान गर्ने भएका छन् । शनिबार झापामा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेको हो । यो कार्यक्रमका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ ।
शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाको भनाइ छ । भोलि ८ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन चर्काइरहेको बेला उनको गृहजिल्लामा राजावादीको छुट्टै शक्ति प्रदर्शन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै