दुर्लभ एक सिंगे गैंडा मृत फेला

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०७५, १८ : ५९
दुर्लभ एक सिंगे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिंगे गैंडा मंगलबार मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुवेको अवस्थामा गैंडा मृत भेटिएको हो । मृत गैंडाको अवस्था हेर्दा दुई तीन दिन अघि मरेको जस्तो देखिएको अर्यालले बताए ।

निकुञ्जको टोली घटनास्थलमा पुगेपनि विस्तृत विवरण आउन नसकेको उनले बताए । गैंडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको संक्रमण लगायतका कारण मर्ने गर्दछन् । पशु चिकित्सकले मृत गैंडाको अवस्था बुझेपछि मात्रै यसै कारणले मरेको भन्न सकिने अर्यालको भनाई छ ।

निकुञ्जमा चालु आर्थिक वर्षमा हालसम्म यो सहित चार वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । गत आर्थिक वर्ष २०७४÷०७५ मा २६ वटा गैडा प्राकृतिक कारणले मरेका थिए ।

नेपालमा ६४५ वटा एकसिंगे गैंडा रहेका छन् जसमध्ये ६०५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् ।

प्रतिक्रिया दिनुहोस