नारायणी बराहको वार्षिकोत्सवमा दुई सय सत्ताइस जनाले गरे रक्तदान

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०७५, १७ : ३६
नारायणी बराहको वार्षिकोत्सवमा दुई सय सत्ताइस जनाले गरे रक्तदान

चितवन । नारायणगढको हङकङ बजारमा रहेको नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा. लि. ले सोमबार र मंगलबार चितवनको शिवनगर, शहीदचोक र रत्ननगरमा आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा दुई सय २७ जनाले रक्तदान गरेका छन् ।

बराह ज्वेलरीका तिलक रिजालका अनुसार, शिवनगरमा ५३ जना, शहीदचोकमा एक सय दुई जना र रत्ननगरमा ७२ जनाले रक्तदान गरेका हुन् । सुन, चाँदी र हिराका गहनाको कारोबार गर्दै आएको बराह ज्वेलरीले २४ औँ वार्षिकोत्सवको अवसरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बराह ज्वेलरीले सामाजिक उत्तरदायित्व वहन गर्दै बेलाबेलामा सामाजिक कार्य गर्दै आइरहेको छ । बृहद रक्तदान कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बराह ज्वेलरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस