काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । चन्दा असुली लगायतका गतिविधिमा सक्रिय रहेकी भन्दै भुजेललाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दसवर्ष लामो तत्कालीन माओवादी जनयुद्धको समयमा गोरखाको जेल ब्रेक गरेर चर्चामा आएकी भुजेलविरुद्ध आगजनी, बम विष्फोट तथा चन्द असुलीको मुद्दा रहेको स्रोतले बताएको छ । राजधानी काठमाडौँमा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन विदेशी पाहुना आएकोले सुरक्षा चुनौती महसुस गरी नेतृ भुजेललाई पक्राउ गरिएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०७५, १६ : ५०
लेखकबाट थप