काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकमाथिको प्रतिबन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबै दलको सहमतिमा गरिएको दाबी गरेका छन् ।
नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
‘नेपालमा विकृति विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरूको चित्त बुझेको छैन । छलफल हुँदै जाला ।कन्भिन्स हुँदै जाने प्रक्रिया होला । ’
त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रूपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ कार्तिक २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद
प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीद्वारा पहलगाममा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीको दोहोरो चालबाजी : चीनसँग एउटा, भारतसँग अर्काे प्रस्ताव
मिडिया ट्रायल गर्दा आलोचना भएपछि ब्याक हटे प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव