चलचित्र ‘मेरी मामु’ को टिम प्रचार प्रसारका लागि चितवनमा

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०७५, १० : ३३
चलचित्र ‘मेरी मामु’ को टिम प्रचार प्रसारका लागि चितवनमा

चितवन । यहि भाद्र १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘‘मेरी मामु’ले सोमबार चितवनमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको छ ।

पत्रकार भेटघाटमा चलचित्रका निर्माता सन्तोस सेन ,बाल नायक आयुव सेन, नायक सारुक ताम्राकार, नायिका  कुशुम गुरुङ्ग, गायक रोहित जोन क्षेत्री, गायक बादल थापा तथा कलाकार शिशिर भण्डारी लगायतको उपस्थिति रहेको थियो । चलचित्रका निर्माता सन्तोस सेनले  बाल मनोविज्ञानमा निर्माण गरिएको चलचित्र  ‘मेरी  मामु’ले सबैको मन छुने भन्दै चलचित्र हेरेर प्रतिक्रिया दिन अनुरोध गर्नु भयो।

७ वर्षका बाल नायक आयुव सेनले आफुले निकै मेहेनेत गरेर यस चलचित्रमा अभिनय गरेको हुँदा एक पटक सबैले हेरिदिन अनुरोध गर्नु भयो । चलचित्रका नायक सारुक  ताम्राकार चलचित्र  ‘मेरी मामु’ एउटा राम्रो मन छुने चलचित्र बनेकोले एक पटक  हेरिदिन अनुरोध गरे ।

चलचित्रका की नायिका कुशुम गुरुङ्गले आमा र छोराबीचको सम्बन्धमा रहेर निर्माण गरिएको ‘मेरी मामु’ सबै आमा र छोराछोरीले एक पटक हेर्ने पर्ने चलचित्र बनेको हुनाले एक पटक हेरेर प्रतिक्रिया दिन आग्रह गर्नु भयो । चलचित्रका गायक रोहित जोन क्षेत्री एउटा राम्रो चलचित्र बनेकोले आफु पनि चलचित्रको कन्सर्ट गीत गाउदै देशका प्रमुख सहर आएको बताउनु भयो ।

चलचित्र मेरी मामु’को युनिटले  पोखरा र बुटवलमा म्युजिकल कन्सर्ट सम्पन्न गर्दै सोमबार चितवनको टाँडी बजारमा र नारायणी नदि किनारमा आफ्नो भब्य कन्सर्ट आयोजना गरेको छ ।

दिउसो ४ बजे सुरु भएको चितवनको टाँडी बजारमा चलचित्रका  मुख्य कलाकार आयुव सेनसेन, नायक सारुक ताम्राकार, गायक रोहित जोन क्षेत्री, मोडल आरुषी मगरका साथै कलाकार शिशिर भण्डारी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई झुम्याएका थिए ।

त्यस्तै बेलुका ६ बजे नारायणी नदि किनारमा गरिएको कन्सर्टमा पनि दर्शकको ठुलै उपस्थिति रहेको थियो । चिरञ्जीवी साप्कोटा र मिरा काक्षपतीले सञ्चालन  गरेको कार्यक्रमा चलचित्रका  मुख्य आर्कषक बाल कलाकार आयुब सेन स्टेजमा उत्रिए  दर्शकको हुटिङ गरेर स्वगत गरेका थिए  । राजधानी आफ्नो कार्यक्रम गर्दै मोफसल निस्किएको  ‘मेरी मामु’सोमबार रति नै पूर्वको विभिन्न ठाउमा कार्यक्रम गर्न पूर्व लागेको हो ।

चलचित्रमा आयुव सेनसँगै अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन । यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ । चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । बनिश शह र भुपेन्द्र अधिकारीले चलचित्रलाई सम्पादन गरेको छन् । रेशम जंग शाह चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रलाई प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुतीमा सन्तोष सेनको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस