काठमाडौं । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ ।
सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जानकारी गराएको छ । अहिले पर्यटक आगमन बढी हुने मौसम हो । पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यागमन विभागले गर्यो अनलाइनमार्फत ‘रुट परमिट’ लिनसक्ने व्यवस्था