नि:शुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, २१ : ४६
नि:शुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

मुग्लिङ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको प्रमुख प्रा. डा. उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा बरिष्ठ मुटु रोग बिशेषज्ञ उप- प्रा. डा. अनिल भट्टराई सहित  २५ सदस्यीय चिकित्सक टोलीको संलग्नतामा मुग्लिङ बजारस्थित त्रिवेणी बराह माविमा नि:शुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्टेप संस्थाको आयोजना र ईच्छाकामना गाउँपालिका चितवनको समन्वयमा संचालित स्वास्थ्य शिविरमा महिला पुरुष गरी ५ सय ३२ जनाले मुटुको ईसिजी, ईको परीक्षणका साथ नि:शुल्क औषधी समेत प्राप्त  गरेका थिए । गाउँपालिकाका प्रमुख गीताकुमारी गुरुङले स्वास्थ्य परीक्षण गरी उद्घाटन गरेको स्वास्थ्य शिविरमा चितवनका पहाडी भेगका बासिन्दाका साथै छिमेकी जिल्ला गोर्खा र तनहुँका जनताले समेत सुविधा लिएका थिए । नेपालकै सर्वाधिक सडक दुर्घटना हुने क्षेत्रको रुपमा परिचित मुग्लिङ बजारमा त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत स्याटेलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापनाका लागि आवश्यक काम भरहेको जानाकारी आयोजक संस्थाका अध्यक्ष रामबहादुर लामाले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस