काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार गत असोज १२ गने पक्राउ गरेको थियो ।
उनीहरूको मिलेमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । कटुवाल र अधिकारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो सोही बरावरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)
(घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मन्त्रिपरिषद् निर्णयमा अख्तियारको प्रवेशबारे आन्तरिक छलफलमा जुट्यो एमाले
प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा अहेव बोहराविरुद्ध मुद्दा दायर