महिन्द्राको एक्सयुभी ५०० नेपाली बजारमा

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, १९ : २७
महिन्द्राको एक्सयुभी ५०० नेपाली बजारमा

काठमाडौँ । भारतीय मोटर्स निर्माता कम्पनी महिन्द्राको एक्सयुभी ५०० नेपाली बजारमा भित्रिएको छ ।

महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले सोमबार उक्त गाडीको बिक्रि वितरण खुल्ला गरेको हो । सिटी, हाइवे र कच्ची बाटोमा समेत चलाउन उपयुक्त रहेको यसले नेपालीको विश्वास जित्न सफल हुने महिन्द्राको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटको विश्वास छ ।

यसअघि भित्राइएको एक्सयुभी ५०० नेपालमा लोकप्रिय रहेको कम्पनीको दावी छ । महिन्द्रा एक्सयुभी ५०० मा २ दशमलब २ लिटर एमहक इन्जिन प्रयोग गरिएको छ, जसले १५५ बीएचपीमा ३७५० आरपीएम र ३६० एनएम टर्क दिने अग्नि इन्कर्पोरेटेडका बजार व्यवस्थापक सिजन न्यौपानले जानकारी दिनुभयो । उहाँले यसअघि एक्सयुभी ५०० को मोडललाई परिमार्जनसहित नयाँ गाडी भित्राईएको उहाँले बताउनुभयो ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सिटी रोडसँगै पहाडको बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने कम्पनीको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस