प्रहरी समायोजन नगरे मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, ०७ : १९
प्रहरी समायोजन नगरे मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले संघले प्रहरी समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिनभित्र प्रहरी समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मुख्यमन्त्री यादवको नेतृत्वमा विभिन्न दलहरुको टोली काठमाडौं जाँदै छ।

मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष भइसकेको र प्रदेश सरकार गठन भएको समेत ६ वर्ष भइसक्दा पनि प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रहरी समायोजन नभएको बताए। मुख्यमन्त्री यादवले प्रधानमन्त्रीलाई यसबारे पटकपटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको बताए।

प्रतिक्रिया दिनुहोस