बिमेस्टेक के हो ?

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, १८ : २२
बिमेस्टेक के हो ?

काठमाडौँ । शान्त, समृद्ध र दिगोपना उन्मुख बंगालका खाडी क्षेत्र भन्ने मुल नारा सहित भदौ १४ र १५  गते चौंथो विमस्टेक सम्मेलन नेपालमा हुंदैछ । बंगालका खाडी राष्ट्रहरुको प्रयास विमस्टेक बैठकको सम्पुर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकमा सहभागी हुन सात राष्ट्रका प्रमुख र सरकार प्रमुख परिवारसहित १३ भदौमा नेपाल अवतरण गर्ने पक्का भइसकेको छ ।

छिमेकी मुलुक भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारबाट राष्ट्रपति विन मिन्ट, थाईल्याण्डबाट प्रधानमन्त्री प्रयुत चा ओ चा, भुटानबाट प्रधानन्यायाधीश छिरिङ वाङ्चुक, बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाबाट राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागिता जनाउदै छन । विमस्टेकको अध्यक्ष्ँ तथा सम्मेलन आयोजक राष्ट्र नेपाल विशिष्ट पाहुनाहरुको स्वागत, बस्ने ठाउ“, सहज आवत जावतका लागि सवारी साधनको समेतको तयारी गरीसकेका छन । सवारीसाधन र सुरक्षा व्यवस्थापनको जिम्मेबारी गृहमन्त्रालयले सम्हाल्दै छ । सम्मेलन अवधिभर राष्ट्रपति र प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीसाधन समेत विदेशी पाहुनाका लागि प्रयोग गर्न लागिएको छ ।

बिमस्टेकमा आउने सात राष्ट्रका प्रमुख, उनको परिवारका सदस्य, मन्त्री र सचिवसम्मलाई बेग्लाबेग्लै सवारीसाधन उपलब्ध हुनेछ । यसका लागि मन्त्रालयले सेना, प्रहरी र यातायात मन्त्रालयका प्रतिनिधि सम्मिलित बिज्ञ समुहलाई उपलब्ध गाडीको अवस्था अध्ययन नै गराउन टोली गठन गरेको छ । उनीहरुको सुझावका आधारमा राष्ट्र प्रमुख, सरकार प्रमुखका कार्यालय, मन्त्रालय, विभाग तथा आयोजना र परियोजनामा रहेका सवारी साधनको लगत निकालेर त्यसको जा“चसमेत भइसकेको छ ।

‘बुलेटप्रुफ, मझौला र एम्बुलेन्स  भाडामा लिएर कारगेड चलाउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै सुरक्षाका लागि चारै सुरक्षा अंगको सहभागिता सहितको प्रारम्भिक सुरक्षा योजना तयार भइसकेको छ । शिखर सम्मेलन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गर्ने छ ।  सरकारले सडक मर्मतसुरक्ष्ाँ व्यवस्था देखि सवारी साधनको समेत तयारी गरिसकेको छ । सम्मेलन स्थलको भौतिक पुर्वधारदेखि यस पटकको सम्मेलनको मस्यौदा समेत तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२१ वर्षको अवधि अहिले सम्म ३ वटा मात्र शिखर सम्मेलन गर्न सफल भएको विमस्टेक सम्मेलनको तयारी र छलफलका विषयहरु धेरै भए पनि उपलब्धि सुन्य भएको भन्दै आलोचित समेत हुने गरेको छ ।  यहि कुरालाई मध्यनजर गरी वर्ष प्रमुख विषय केन्द्रित भै छलफल सहित निचोड समेत निकाल्ने सरकारको तयारी छ । नेपालको महात्वकांक्ष्ँी विषय माउन्टेन इकोनोमीलाई जलवायु परिवर्तनमा नै गाभी, जलवायु, क्षेत्रिय व्यापार, कनेक्टीभिटी, व्यापार लगानी, गरीवी निवारण जस्ता प्रमुख विषयहरु समेटेर मस्यौदा तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यति मात्र होइन सचिवालयको पुर्नसंरचना र विभिन्न राष्ट्रहरुमा सचिवालय खोल्ने विषयमा पनि छलफल हुनेछ भने यो शिखर सम्मेलनबाट पहिलो पटक े विमस्टकेको वडापत्र समेत घोषणा गर्ने तयारीमा  छ ।

बिमस्टेकको नामबाटै आर्थिक र प्राविधिक सहयोग सामुहिक प्रयास गर्ने कुरा खुल्दछ । तर, के कति अहिलेसम्म सहयोग आदानप्रदान गरिए, त्यसबाट सदस्य राष्ट्रहरू कति लाभान्वित भए भन्ने ठोस जानकारी हुन सकेको छैन । यो पटक मस्यौदाको खाका र केन्द्रित विषयहरुमा छलफल गर्ने भएकाले यो वर्ष हुने विमस्टेक सम्मेलनले नया“ उचाई लिन्छ कि भन्न सकिन्छ । तर यो सम्मेलनमा हुने छलफल र अध्ययन प्रमुख विषय हो । नेपालको पहिलो पटकको  बहुमत सहितको संघिय सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्न यो सम्मेलन कतिको फलदायी बन्छ ? त्यो सम्मेलनपछि मात्र अड्कल गर्न सकिन्छ । तर यस पटक तयार भएको सम्मेलनको मस्यौद्धा र केन्द्रित विषयले केहि ठोस योजनाहरु आउछन कि भन्नेमा आशावादी बन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस