महानगरको गैरसरकारी संस्थासँग अन्तक्र्रिया

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, १७ : ५५
महानगरको गैरसरकारी संस्थासँग अन्तक्र्रिया

चितवन । भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज गैर सरकारी संस्थासँग अन्तक्र्रिया गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामचन्द्र ढकालले नवीकरणको विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा गैससको अवस्था, जिम्मेवारी र भूमिका विषयमा भरतपुर महानगरपालिका प्रशासनका उपसचिव कुलबहादुर जिसी, सामाजिक विकास महाशाखा प्रमुख सिर्जना थपलियालगायतले प्रस्तुति दिएका थिए । सहभागीहरुले महानगर साझेदारी गरेर अघि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख भूमिलाल सुवेदीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम सामाजिक विकास समितिका संयोजक विजय भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस