काठमाडौं। सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले भूकम्प प्रभावित क्षेत्रमा त्रिपालको निकै अभाव रहेको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रमा पुगेका नेता शर्माले पीडितलाई त्रिपालको आवश्यकता रहेको बताएका हुन् ।
'चर्केका घरबाट पीडितहरूलाई बाहिर निकालेपछि फेरि त्यहीँ राख्ने कुरा भएन । खुला आकाशमा महिला बालबालिका र वृद्ध वृद्धाहरूलाई छोड्न मिल्दैन,' उनले भने, 'विकल्प त्रिपाल हो । त्रिपालहरू पीडित वस्तीमा पुर्याउन सकिएको छैन । प्रभावित क्षेत्रका जनतालाई त्रिपाल आधारभूत कुरा भएकाले यसमा सबै सहयोगी निकायहरूले चाँडोभन्दा चाँडो पहल गरिदिए हुन्थ्यो ।'
विपत्तिमा नेपाल रेडक्रस सोसाइटीको अपेक्षाकृत काम गर्न नसकेको हो कि भन्ने जनतालाई परेको उनले बताए । 'सरकारी निकायहरू पहल गरिरहेकै छन् तर, जनतालाई त्रिपालमुनि सार्ने काम ढिलो भइसक्यो,' उनले भने, 'सबैभन्दा त्रिपालमुनि जनता सुरक्षित गर्न सकियो भने राहत वितरणलगायत आधारभूत आवश्यकताको विवरण संकलन गर्न, वितरण गर्न र सम्बोधन गर्न सहज हुनुथ्यो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा
नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ : जनार्दन शर्मा