काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।
मंगलबार धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले आयोग गठन गर्ने प्रस्ताव गरेको एक नेताले बताए।
शर्माले नयाँ क्रान्तिकारीतर्फ अगाडि बढ्ने गरी प्रचण्डको प्रतिवेदन आएकाले समर्थन गरेका छन् । प्रतिवेदन वर्गप्रति फर्कन खोजिएको पाटो सकारात्मक भएको उनको टिप्पणी रहेको छ । यस्तै उनले जनताको भावनाप्रति उत्तरदायी हुनुपर्ने र संविधान निर्माणपछि कहाँ अलमलियौँ समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।
‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । हल्लाबाट मुक्त होऔँ । अध्यक्षलाई हटाउन होइन । बहस सिर्जना होस भनेर गत बैठकमा आएको व्यक्तिगत धारणा हो । आजको दिनसम्म पुँजीवादकै दलदलमा फसेका छौँ ।
संविधान निर्माणपछि हामी कहाँ अलमलियौँ समीक्षा गर्नुपर्छ’, शर्माको भनाई उदृद्ध गर्दै ती नेताले भने । यस्तै उनले पार्टी निर्माणका चार आधार पनि दिएका छन् । त्यसका लागि माओवादी धारसँग एकता, दलित महिलाहरूको प्रतिनिधित्व, युवाहरूलाई अवसर र विचारको संश्लेषण रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा
नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ : जनार्दन शर्मा