काठमाडौं । प्रमुख राजनीतिक दलले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको उल्लेख गर्दै त्यसकाे मिलेर प्रतिवाद गर्ने दलहरुले प्रतिवद्धता जनाए।
बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले जीवनभर लडेका नेताहरू व्यवस्थाको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्ध रहेको बताइन् ।
“दलका शीर्ष नेताहरूले लोकतन्त्रको प्रतिबद्ध भएको, यदाकदा छिटफुट पानीका फोकाजस्ता विभिन्न कोणबाट देखा परेका, पर्न खोजका प्रहारको मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगेका छौँ,” उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
यस्ता छन् सर्वदलीय बैठकका निर्णय