प्रधानमन्त्री ओलीले मागे गृहमन्त्रि बादलसँग २४ घण्टे स्पष्टिकरण

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, १४ : ३६
प्रधानमन्त्री ओलीले मागे गृहमन्त्रि बादलसँग २४ घण्टे स्पष्टिकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकु लेनिन विष्टलाई थाइल्याण्ड जाने क्रममा विमानस्थलबाट फर्काइएकोबारे गृहमन्त्री रामबहादुर थापासँग स्पष्टिकरण मागेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सो घटनाबारे २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको बताए ।

बैंककमा हुने एक कार्यक्रका लागि विष्ट गत शुक्रबार थाइल्याण्ड जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनममा कार्यरत कर्मचारीले रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस