जनता बैँकले सञ्चालनमा ल्यायो ‘मेरो तलब खाता’

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १८ : ३२
जनता बैँकले सञ्चालनमा ल्यायो ‘मेरो तलब खाता’

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले मेरो तलबखाता सञ्चालनमा ल्याएको छ ।
श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैँक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस व्यवस्थालाई मध्ये नजर गरी श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित मेरो तलबखाता सञ्चालनमा ल्याइएको बैँकले जनाएको छ । मेरो तलवखातामा आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा हरु छन् ।
संगठित क्षेत्रमाकार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलबखाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

साथै श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी/श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाशकोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त हुनेछ ।

जनता बैंक नेपाल लिमिटेडलले हाल देशभरीबाट १ सय २२ शाखा संजाल, ४० शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
मेरो तलबखाता का विशेषताहरु निम्नलिखित रहेका छन् ।

     - शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
     - वार्षिक व्याज दर ७ प्रतिशत ।
     - दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ।
     -निःशुल्क Visa Debit Card (२ वर्षको लागि)
     -निःशुल्क दुर्घटना (मृत्यु) बीमा सुविधा (७ लाखसम्म) ।
     -निःशुल्क ABBS सुविधा (रु.२ लाख सम्म) ।
     -निःशुल्क Cheque, statement (on Demand तथा ASBA सेवा

 

 

 

प्रतिक्रिया दिनुहोस