दाङ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बास्तोला ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा विगत १५ दिनदेखि इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका बास्तोलालाई जिल्ला अदालत दाङले ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको प्रहरी स्रोतले जनाएको छ।
न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। बास्तोलालाई शुक्रबार अदालतमा पेश गरिएको थियो।
सुर्खेतको पञ्चपुरी नगरपालिका-९ का बास्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका-५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याइएको थियो।
तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए। घटना लगतै प्रहरीले नेता बास्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी हिरासतमा बस्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन
धर्मेन्द्र बास्तोला नेकपा बहुमतको महासचिव चयन
सवारी ज्यान मुद्दामा नेता धर्मेन्द्र बास्तोला दोषी ठहर