बिराटनगरमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १८ : १४
बिराटनगरमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

बिराटनगर । महालक्ष्मी विकास बैंक लिमिटेडले बिराटनगरमा नयाँ शाखाको समुद्घाटन गरेको छ । आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा शुक्रबार बिराटनगर महानगरपालिका २ मोरङ्गस्थित बिराटनगर शाखाकोे समुद्घाटन गरेको हो । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दीप प्रज्वलनका साथ गर्नुभएको थियो । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । साथै उहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैङ्गिक पहुँच पु¥याउने उद्देश्यकासाथ यस बैंकले आगामी दिनहरुमा थप शाखामार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस