काठमाडौँको नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १६ : ४५
काठमाडौँको नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । काठमाडौँको एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

खाजा खान पुगेका बाजुरा बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका साजन बोहराले बलात्कार गरेको प्रहरीले जनाएको छ । बोहराले खाजा खान गएका बेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
बेला–बेला उक्त खाजा घरमा जाने गरेका बोहरा र बालिकाको बीचमा सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस