१२ लाखमा ४ कोठे आकर्षक घर बनाउने कोरियाली कम्पनि अब नेपालमा

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १४ : ५४
१२ लाखमा ४  कोठे आकर्षक घर बनाउने कोरियाली कम्पनि अब नेपालमा

चितवन । चितवनमा कोरियाली कम्पनी एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ ।  फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनीबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो ।

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तो, ६० बर्ष टिकाउ हुने जनाइएको छ ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ ।

कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ ।

यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।

१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।

४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको कार्यकारी निर्देशक छे दोङ्ग इलले जानकारी दिए ।

दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ । अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए ।

महाप्रबन्धक सम्बाहाम्फेले नेपाली ग्राहकको गच्छे अनुसार १२ लाख रुपैयाँ सम्ममा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने बताए ।

यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जीम हल, सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस