मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राखौँ : सांसद बडू

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १५ : ४१
मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राखौँ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गरेका छन् ।बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् ।

उनले निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्रीहरु छाप्ने र शिक्षक तथा विद्यार्थीहरुमामार्फत प्रचार गराउने गरिएको भन्दै यसो गर्दा खर्चिलो हुने गरेको बताए ।उनले विद्यालयको पाठ्यक्रममै मतदाता शिक्षाबारे राखेमा प्रभावकारी हुने र खर्चलाई मितव्ययी बनाउन सकिने बताए ।

 

त्यसैगरी निर्वाचन प्रणालीलाई मितव्ययी बनाउनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस