काठमाडौ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुुदानको चिनी नआउने निश्चित भएको हो ।
कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुुगेका छन् । कर्पोरेसनले आह्वान गरेको टेन्डर अनुसार प्रतिटन ८३२ अमेरिकन डलर मूल्य वा खरिदमै प्रतिकेजी चिनी १४२ रुपियाँ परेको थियो ।
त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नुु पर्छ, त्यहाँबाट नेपाल ल्याउँदा ढुुवानी भाडा सबै जोड्दा त त्यो चिनी नेपालमा ल्याएर बिव्रmी गर्न सकिने अवस्था नदेखिएकाले खरिद नगर्ने निर्णयमा पुुगेको ती कम्पनीले बताएका छन्, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ
१० टन चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा
चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान
चिनी उद्योगीहरूको सिन्डिकेट नियन्त्रणको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापनपत्र