रौतहटमा भएको डुंगा दुर्घटनामा २१ जनाको उद्धार, ५ जना बेपत्ता

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, ०९ : २६
रौतहटमा भएको डुंगा दुर्घटनामा २१ जनाको उद्धार, ५ जना बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २१ जना भेटिएको र ५ जना अझै बेपत्ता रहेका छन् ।

अज्ञात अवस्थमा रहेका हरु ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । ओमप्रकाश डुंगाका सहचालक हुन् ।

शनिबार स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको सो ढुंगा दुर्घटना भएको थियो  । साँझ ७ बजे वारिपारी गर्ने क्रममा करीब २६ जना यात्रु बोकेको डुङ्गा दुर्घटना भएको थयो ।

डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस