रौतहटमा दुर्घटना : तीन दर्जन यात्रु बोकेको डुंगा डुब्यो

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, २० : ४८
रौतहटमा दुर्घटना : तीन दर्जन यात्रु बोकेको डुंगा डुब्यो

राैतहट । रौतहटको  टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ । स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका वडा नम्बर ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको सो ढुंगा दुर्घटना भएको हो । 
साँझ ७ बजे वारिपारी गर्ने क्रममा करीब तीन दर्जन यात्रु बोकेको डुङ्गा दुर्घटना भएको हो । 
दुर्घटनामा परेका मध्ये १० जना पौडी खेलेर बाच्न सफल भएको र ५ जनालाई स्थानीय र प्रहरीले उद्यार गरेको  रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । बेपत्ताको खोजीका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको रिजालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस