पाकेको धान ढुक्कले काट्दा हुन्छ,केही दिन पानी पर्दैनः मौसमविद्

रासस

शनिबार, ११ कार्तिक २०८०, १३ : ००
पाकेको धान ढुक्कले काट्दा हुन्छ,केही दिन पानी पर्दैनः मौसमविद्

काठमाडौं। दसैँ सकिएसँगै देशैभरका किसान यतिबेला धान काट्ने काममा व्यस्त हुन थालेका छन्। कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धानसमेत नकाटी दसैँ मानेर थन्क्याउने भन्दै थाती राखेका थिए।

खेतमा पाकेको धान काट्दै गरेका र काट्ने तयारीमा रहेका धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरी खाने बाली बिगार्ने त होइन भन्ने चिन्तासमेत छ।तर, मौसमविद्हरुले भने अबका केही दिन पानी पर्ने सम्भावना नरहेकाले ढुक्कले धान काट्न किसानलाई सुझाव दिएका छन्।

‘अबका केही दिन पानी पर्ने सम्भावना छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले शनिबार बिहान भने, ‘अबको कम्तिमा पनि तीन दिन पानी पर्दैन। किसानले ढुक्कले धान काटेर थन्क्याउँदा हुन्छ।’ महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। प्रविधिको विकाससँगै विगत केही वर्षयता महाशाखाले गरेको धेरैजसो मौसम पूर्वानुमान मिल्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस