काठमाडौँ तानिएका एसपी विष्टलाई गृह मन्त्रालयद्वारा निलम्बन

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १७ : ५५
काठमाडौँ तानिएका एसपी विष्टलाई गृह मन्त्रालयद्वारा निलम्बन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पत्ता लगाई कारबाही गर्न नसकेपछि काठमाडौँ तानिएका एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार एसपी  विष्टलाई  शनिबार मन्त्रालयले निलम्बन गरेको पत्र थमाएको छ । उनलाई भदौ ७ गतेमात्रै कञ्चनपुरको एसपीको जिम्मेवारीबाट हटाइएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् । गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् ।

यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाको मृत्यु भएको थियो । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो । गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् ।

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

काठमाडौँ तानिएका एसपी विष्टलाई गृह मन्त्रालयद्वारा निलम्बन

कञ्चनपुरमा सर्वपक्षीय बैठकद्वारा सहमति : बिरोध बन्द गरौँ

प्रतिक्रिया दिनुहोस